नेपालमा थप १ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि , कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४२ पुग्यो

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको स्वाब परीक्षणमा थप १ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४२ पुगेको छ ।
संक्रमित मध्य ९ सय ४० जना पुरूष र १ सय २ जना महिला रहेका छन् ।