शान्ति मिसनमा खटिएका ३ नेपाली सैनिकमा कोरोना



मेरो प्रदेश सम्वाददाता
काठमाडा्रै


संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा मालीमा खटिएका २ र सुडानमा खटिएका १ जना गरी ३ नेपाली सेनाका सैनिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

संक्रमित सैनिक कुन तहका हुन् भन्नेबारे सेनाले केही खुलाएको छैन ।
यसअघि नेपालमा कार्यरत नेपाली सेनाका मेजरसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शान्ति मिसनमा कार्यरत समेतलाई जोड्दा कोरोना संक्रमित हुने कूल सैनिकको संख्या ७ पुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button