नेपालमा थप १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि संक्रमिको संऋया ८ सय ८६ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालमा थप १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


यो संगै नेपालमा सङ्क्रमित सङ्ख्या ८ सय ८६ पुगेको हो ।
त्यसैगरी, थप २८ जना अस्पतालबाट डिस्चार्ज भएका छन । डिस्चार्ज भएकाहरु डेढ वर्षदेखि ६२ बर्ष उमेर समूहका रहेका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेका संख्या १ सय ८३ पुगेको छ ।

आइसोलेसनमा अहिलेसम्म ६ सय ९९ विभिन्न अस्पतालमा छन् । मृतक सङ्ख्या चार छ । कुल ४ सय ६४ जना रेड जोनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button