नेपालमा थप एक जनाको कोरोना भाईरसको कारण मृत्यु ,,सङ्क्रमितको सङ्ख्या ६ सय ८२ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरे अनुसार नेपालमा थप एक जनाको कोरोना भाईरस (कोभिड १९) का कारण मृत्यु भएको छ।


यसअघि तीन जनाको कोरोनाभाइरसका कारण मृत्यु भएकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो।

मन्त्रालयले थप छ जनामा कोभिड(१९ देखिएको सोमवार अपराह्ण पुष्टि गरेको छ। अब सङ्क्रमितको कुल सङ्ख्या ६ सय ८२ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विगत २४ घण्टामा २,हजार ९सय ४ वटा परीक्षण पीसीआर विधिबाट परिक्षण गरिएको थियो।
नेपालमा अहिलेसम्म १ सय १२ जनाकारोना संक्रमणबाट निको भएर अस्पतालबाट बिदा भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button