एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने गरी अन्तर जिल्ला पास खारेज, काठमाडौं जान गृह मन्त्रालयको लिखित स्वीकृति चाहिने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा २ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछी गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ ।


यसैगरी अन्य जिल्लाबाट कसैलाई काठमाडौं ल्याउनु वा पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृत लिएर मात्र ल्याउन वा पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

देशमा कोरोना संक्रमितको संख्या बढेसँगै बिहीबारबाट लागू हुने गरी सो निर्णय भएको बताईएको छ । यसअघि कार्यालयको परिचयपत्र देखाएर आवतजावत गर्ने गरेकोमा अब सम्बन्धित निकायले जारी गरेको पासका आधारमा मात्र अनुमति पाइनेछ ।

सञ्चारकर्मीका हकमा भने सूचना विभागबाट जारी गरिएको पासका आधारमा मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button