आज देशको अधिकांश क्षेत्रमा मौषम बदली,



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


आज दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशको पहाडी भु–भागका केही स्थानहरु र तराईका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

हाल देशको सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।

आज राती देशको अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button