लकडाउन जेठ ५ गतेसम्म जारी



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सरकारले चैत्र ११ देखि जारी गरेको लकडाउन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थपिएको निर्णय गरेको हो । लकडाउनको म्याद भोलि बिहीबार सकिनै लाग्दा हिजो प्रधानमन्त्री समेतको उपस्थितिमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समितिको बैठकले संक्रमण रोकथामका लागि जारी लकडाउन उपयुक्र्त भएको निश्कर्ष निकालेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button