कोरोना का कारण नेपालमा भोकमरीको अवस्था आउन सक्ने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रदेश २ सरकारले किसान राहत कार्यक्रमको घोषणा गरे संगै संघिय सरकारका कृषि तथा पुशपंक्षी विकास मन्त्रालयले नाबेले कोरोना भाइरसको महामारीका कारण नेपालमा भोकमरीको अवस्था आउन सक्ने सम्भावना रहेको जनाएको छ ।


संघिय सरकारले स्थानिय सरकारहरुलाई पत्र पठाउँदै तत्काल कृषि र किसानका लागि योजना बनाउन निर्देशन दिएको छ । संघिय सरकारका कृषि मन्त्री घनश्याम भुसालले अहिलेको परिस्थितीमा खाद्यान्नमा आत्मनिर्भर हुनको लागि काम गर्न स्थानीय तहलाई आग्रह गरेका छन ।

स्थानीय तहहरुलाई पत्र लेखेर मन्त्री भुषालले कृषि उपज खरिद सम्बन्धी व्यववस्था, जमिनको अवस्था र सम्भावना र बाँझो जमिन उपयोगको विषयमा सूचना माग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button