धनुषामा भारी मात्रामा सालको काठ बरामद



विजय साह
(ढल्केवर) धनुषाको सव डिभिजन वन कार्यालय पुष्पवलपुरले भारी मात्रा अवैध काठ बरामद गरेको छ ।


सोमबार पुष्पवलपुरस्थित वन कार्यालयबाट खटिएको नियमित वन गस्तीले धनुषाको मिथिला नगरपालिका वडा नं. ११ तल्लो तुलसीबाट भारी मात्रामा अवैध काठ बरामद गरेका हुन् ।

सव डिभिजन वन कार्यालय पुष्पवलपुरका वन अधिकृत सत्रुधन ठाकुरले तल्लो तुलसीको खेतबारीमा फालिएको अवस्थामा अन्दाजी ७० थान सालको फल्ली बरामद गरेको बताए ।

तल्लो तुलसीको बस्तीदेखि उत्तरतर्फ केही दुरीमै सामुदायिक वन र राष्ट्रिय वन छ । सोही वन बाट काठ तस्करी भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढल्केवरको सहयोगमा गस्ती गर्दै जाँदा उक्त मात्रामा अवैध काठ बरामद भएकोे वन अधिकृत ठाकुरले जनाए ।

बरामद गरिएको काठ पुष्पवलपुरस्थित सव डिभिजन वन कार्यालयमा राखिएको छ । बरामद गरिएको काठ करिब २० क्यूफिटभन्दा बढी हुनसक्ने अनुमान गरिएको भएपनि वास्तविक मापन गरेपछि मात्र थाहा हुने अधिकृत ठाकुरले जानकारी दिए ।

वन अधिकृत ठाकुरले लकडाउनको मौका छोपेर काठ तस्करहरु मौलाएको छ । तर, ति तस्करहरुलाई निरुत्साहित गर्न हामी वन कर्मचारीहरु नियमित गस्ती गरिरहेको बताए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न सरकारले आउँदो बैशाख ३ गतेसम्मलाई लकडाउन गरेको छ । विस्तृत आउँन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button