सरकारले लकडाउनको अबधि फेरि थप्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कोरोनाका संक्रमित व्यक्तिहरु थप फेला परेसँगै सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागिे लकडाउनको अवधि फेरि थप गरेको छ ।


यसअघि सरकारले पहिलोपटक गत चैत ११ गत्ते देखि १८ सम्म लकडाउन घोषणा गरेको थियो ।

तर, संक्रमितको संख्या बढदै गएपछि दोस्रोपटक चैत २५ गतेसम्म लकडाउनको अबधि बढाएको थियोे । त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय वैशाख ३ गतेसम्मको लागि थप्ने निर्णय गरेको हो ।

सरकारले लकडाउनका बेला खाद्यान्न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्चालन लगायतका
अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button