मिनपामा खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण गरिदैँ

लकडाउनको मारमा परेर खाद्यन्य समास्य भएका परिवारलाई मिनपा वडा नं.१ लक्ष्मीनिवासका वडा अध्यक्ष लक्ष्मी महतोले राहत सामग्री वितरण गरेको छ ।



ढल्केवर– धनुषाको मिथिला नगरपालिका वडा नं. १ लक्ष्मीनिवासमा खाद्यन्य समस्या भएका परिवारलाई राहत वितरण सुरु गरिएको छ ।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न सरकारले लकडाउन घोषणा गरेपछि खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण सुरु गरिएको हो ।


वितरण गरिरहेको खाद्यन्य सामग्रीमा १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र आधा लिटर खाने तेल रहको वडा अध्यक्ष लक्ष्मी महतोले बताए ।

वडा नं. १ मा २ सय ४३ घर परिवारमा खाद्यन्यको समस्या रहेको छ । खाद्यन्य समस्या भएका परिवारहरुको बारेमा वडा सदस्यहरुले उपलब्ध गराएको नामावली तथा तथ्याङ्क सर्वदलिय समितिबाट निर्णय पास भएपछि सोहीअनुसार राहत सामग्री वितरण थालिएको वडा अध्यक्ष महतो जनाए ।

वितरण गरिरहेको खाद्यन्य सामग्री प्रदेश सरकार र मिथिला नगरपालिकाको संयोजनमा उपलब्ध भएको छ । २ सय ४३ घर परिवारलाई राहत वितरण गर्नुपर्ने भएपनि नगरपालिकाले हाललाई १ सय ७५ घरपरिवारका लागि खाद्यन्य सामग्री उपलब्ध गराएको छ । उपलब्ध भएका सामग्री वितरण गरीरहेका छौं, बाँकी रहेकालाई पनि राहत सामग्री उपलब्ध हुनसाथ वितरण गर्ने वडा अध्यक्ष महतोले जानकारी दिए ।

राहत वितरण कार्यलाई मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले एक जना महिलालाई खाद्यन्य सामग्री हस्तान्तरण गदै सुरु गरेका थिए । भने ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी, वडा सदस्यहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button