मिथिला नगरपालिकाले सुरु गर्यो राहत वितरण



ढल्केवर । धनुषाको मिथिला नगरपालिकामा आइतबारबाट राहत बाडने कार्य सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्नका लागि सरकारले लकडाउन घोषणा गरेपछि खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण सुरु गरिएको हो ।


मिनपाले वितरण गरिरहेको खाद्यन्य सामग्रीमा १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र आधा लिटर खाने तेल रहको छ ।

मिनपाका मेयर हरिनारायण महतोले यस नगरपालिकामा ११ वटा वडामा गरी २ हजार ५ सय घर परिवारलाई खाद्यन्य सामग्री वितरण गरिने बताए । ११ वटै वडाका वडा अध्यक्षहरुले उपलब्ध गराएको तथ्याङ्कअनुसार यो संख्या रहेको छ ।

प्रदेश सरकार र स्थानीय तह दुवैको संयोजनमा राहत वितरणको काम सुरु गरिएको छ । राहत वितरणमा प्रदेश सरकारले उपलब्ध गराएको १५ लाख र बाँकी रकम नगरपालिकाले थप्ने मेयर महतोले जनाए ।

संघीय सरकार र प्रदेश सरकारले राहत सामग्री वितरणमा मापदण्ड तयार गरेको छ । सरकारले तयार पारेको कार्यविधि अनुसार १५ लाख रुपैयाँले २ हजार ५ सय घर परिवारलाई राहत बाँड्दा रकम अपुग भएकाले मापदण्डभन्दा केही कम खाद्यन्य सामग्री वितरण गरिएको मिनपा अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए ।


यसैगरी मिनपाको वडा नं. ८ जमुनिबास पहिलो दिन राहत वितरण गरिएको छ । वडाको २ सय २५ विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको वडा अध्यक्ष देवकुमार महतोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button