कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएपछी
संक्रमित दुई जनाको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका उनिहरुको रिपोर्ट पोजेटिभ आएसँगै उनीहरुको अस्पताल बसाइँ समेत लम्बिएको छ ।


नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।

तर, बुधबार रिपोर्ट पोजेटिभ देखिएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए ।
अस्पतालले दिएको जानकारीअनुसार उनीहरु दुबैको स्वास्थ्य अवस्था भने सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button