स्थानीय तहमा क्वारेन्टाइन सञ्चालन भएपनि दक्ष जनशक्ति र स्वास्थ्य सामग्री छैनन्

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
दक्ष जनशक्ति र स्वास्थ्य सामग्रीको अभाबमा स्थानीय तहकले सञ्चालन गरेको क्वारेन्टाइनहरु भरपर्दाे बन्न सकेको छैन । सरकारले कोभिड १९ सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ कार्यान्वयन गर्न गराउन प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिए पनि दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध नगराएको पाइएको छ ।
क्वारेन्टाइनस्थलमा स्वास्थ्य सामग्रीसहितको सुपरिवेक्षन गर्नका लागि एमपीएच अर्थात एमडी कम्युनिटि मेडिसिन एक जना, मेडिकल अधिकृत, स्वास्थय परिचारिका, प्यारामेडिक, ल्याव टेक्नेसियन, फर्मासिष्ट एक एक जना हुनुपर्ने उल्लेख भए पनि त्यस अनुसार जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध नभएको स्थानीय तहको गुनासो छ ।
क्वारेन्टाइनमा २४ घण्टा एम्बुलेन्स सञ्चालनका लागि तालिमप्राप्त पारामेडिक दुइ जना र एम्बुलेन्स चालक एक जना भनिए पनि जनशक्ति र स्वास्थ्य सामग्री छैन ।
क्वारेन्टाइनमा बस्ने व्यक्ति, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको लागि स्वस्थ खाना र शुद्ध पिउने पानीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
बालबालिका जेष्ठ नागरिक, गर्भवती तथा दिर्घरोगीलाई आवश्यकता अनुसारको खाना व्यवस्था गर्नुपर्ने भनिए पनि पर्याप्त छैन । सरकारले १५ मुख्य वुदा र सहायक गरि ८० भन्दा बढी बुदाको क्वारेन्टाइन सञ्चालन मापदण्ड बनाएको छ ।