आजबाट दैनिक उपभोग्य वस्तुको किनमेल सहज हुने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको हिजो बसेको बैठकले आजदेखी दैनिक उपभोग्य वस्तुहको उत्पादन, ढुवानी, वितरण र किनमेल सहज गर्ने निर्णय गरेको छ । बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेसँगै आजबाट दैनिक उपभोगका बस्तु किनमेलमा केही सहज हुने भएको हो ।

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकको आवागमनलाई नरोक्ने निर्णय भएको जानकारी दिए । उनले ठूला उत्पादनमूलक उद्योगको सञ्चालनलाई भने खुल्ला नगरिएको बताउँदै कोलकत्ता भन्सारबाट नेपाली भन्सार विन्दुसम्म आएर रोकिएका सामानहरु छुटाउन सहजीकरण गर्ने निर्णय भएको बताए ।

बैठकले अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट पनि काठमाडौं ल्याउने, विदेशमा बेखर्ची भएका विद्यार्थीका अभिभावकहरुले खर्च पठाउन चाहेमा विदेशी मुद्रा सटही गरिदिने निर्णय पनि हिजो भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button