सेनाको अलग्गै जासुसी संस्था गठनको विधयेक दर्ता



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार संघीय संसदको सचिवालयमा नेपाली सेनाको अलग्गै जासुसी संस्था गठनको प्रक्रिया विधयेकका रुपमा दर्ता गरेका छन । सैनिक ऐन २०६३ को संसोधन विधयेक पारित भएपछि यसमा सेनाले आफू माथाहतमा रहन फरक जासुसी संस्था गठन गर्नेछ, जसले प्रतिरक्षासहित रणनीति पनि तयारी गर्नेछ ।


आन्तरिक या बाह्य जासुसीका लागि हाल प्रधानमन्त्री कार्यालयको माथाहतमा राष्ट्रिय अनुसन्धान विभागले काम गरिरहेको छ । तर, सेनाले तयार पारेको जासुसी संस्थाले त्यसको भन्दा पनि प्रभावकारी काम गर्ने बताइन्छ ।
‘अन्य संस्था भन्दा भरपर्दो र सूचनामा प्रभावकारीताको काम सेनाबाट हुन सक्ने भएकाले कानुन बनाएरै अलग जासुसी संस्था हुनुपर्छ भन्ने मान्यताका आधारमा विधयेक दर्ता भएको हो’, रक्षा मन्त्रालय स्रोतले भन्यो ।
यो प्रक्रिया अघि बढेको खण्डमा सेनाले डिपार्टमेन्ट अफ मिलिटरी इन्टेलिजेन्स (डिएमआई) गठन गरी उसको काम, कर्तव्य र उद्देश्य प्रस्ट बनाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button