बदलीसँगै वर्षा हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी बिहीबार विशेष बुलेटिन जारी गर्दै शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहने जनाएको छ ।
अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि शुक्रबारदेखि तीन दिनसम्म मौसममा गढबढ हुनेभएकाले अहिले देशको पहाडी भूभागमा आंशिक बदली भई अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको छ । बिहीबार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भेगका धोरै स्थानमा र मध्य तथा पूर्वीपहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा समान्यतया सफा रहनेछ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी शनिबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।