दिलिप हत्या प्रकरण ः समाजिक अभियन्ता सरोजलाई दाइको जिम्मेवारी

विजयकुमार साह
ढल्केवर (धनुषा) पर्यावरण अभियन्ता स्वर्गीय दिलिप महतोको बहिनीहरुले समाजिक अभियन्ता सरोज रायलाई दाजुको जिम्मेवारी सुम्पेको छ ।
दिलिप हत्याको घटना बारे बुझ्न तथा घर परिवारका सदस्यलाई सान्त्वना दिन आएका समाजिक अभियन्ता रायलाई उनको बहिनी शबन र लक्ष्मी महतोले टाउको गम्छाले पगडी बाँध्दै दाजुको अभिभारा बोकिदिन जिम्मेवारी सुम्पेकी हुन् ।
अभियन्ता राय र चुरे मधेश विकास मञ्चको संयोजक सुनिल यादवलाई बहिनी शबनम र लक्ष्मीले भनिन्– ‘मेरो दाजु अब तपाइहरु नै हुनुहुन्छ’, मेरो दाइको जे सपना थियो, ‘त्यो अब तपाइहरुले दाजु बनेर पुरा गरिदिनु होला ?’
‘मेरो दाई पर्यावरण जोगाउन र नदीबाट अवैध उत्खनन बिरुद्ध लाग्नु भा’को थियो ।,’ ‘तर मेरो दाइलाई पापीहरुले हत्या गरिदियो।’
‘मेरो दाइको हत्यामा जो–जो अपराधि छ,’ ‘त्यो सबैलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कार्वाही गराउनु होला ?’ बहिनी लक्ष्मीले भाभुक हुँदै अभियन्ता सरोजलाई भने ।
समाजिक अभियन्ता रायले बहिनीहरुले दिएको जिम्मेवारी सहर्ष स्वीकार गर्दै न्याय दिलाउने बताए । उनले भने दिलिप एउटा अभियानी थियो । र आफु पनि अभियानी भएको नाताले पारिवारिक सदस्य भएको भयौं ।
अभियन्ता रायले आजबाट थप एउटा जिम्मेवारी थपिएको छ । दिलिप हत्याको उच्चस्तरीय छानबिनको माग, अपराधिलाई कडाभन्दा कडा कारवाही, दिलिपलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपुर्ति र अवैध उत्खनन नियन्त्रणका लागि केन्द्र सरकारसँग माग राख्ने जनाए ।
उनी दिलिपको हत्या भएको घटनास्थलमा समेत पुगेर घटना बारे जानकारी लिएका थिए ।