ब्लेरोेको ठक्करबाट श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु



विजयकुमार साह
ढल्केवर ( धनुषा धनुषामा ब्लेरो पिकअपले ठक्करले दिदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु भएको छ ।


धनुषाको गणेशमान चारनाथ नगरपालिका गोदारस्थित पूर्व–पश्चिम राजमार्ग सडकमा बुधबार बिहान ११ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको पा.६४ प ३०४७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको स. १ च. १८५८ नम्बरको ब्लेरो पिकअपले ठक्कर दिदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ शिवनगर पर्साही बस्ने बर्ष ५० को जोगिन्द साह र नीजको श्रीमति बर्ष ४० को प्रमिला साह रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थ कार्कीले बताए ।


मृतकहरुको शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको ईप्रका ढल्केवरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button