नेपालमा पनि कारोना भाइरस, एकजना संक्रमित



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस फेला परेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । मन्त्रालयले संक्रमित व्यक्तिको नाम भने खुलाएको छैन । नेपालमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा चीनबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न हेल्प डेस्क राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भाईरस
पहिलो पटक चीनको वुहान प्रान्तमा फेला परेको र यसको संक्रमणबाट २६ जनाको मृत्यु भइसकेको छ । यसबाट वुहान प्रान्तमा करिब एकहजार संक्रमित रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।


चीनसँगै कोरोना भाइरस दक्षिण कोरिया, थाइल्याण्ड, जापान, अमेरिका र ताइवानमा पनि फैलिसकेको छ ।
चिनको वुहान प्रान्तमा आवातजावतमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै चीन सरकारले चिनीयाँ नयाँ वर्षमा धेरै ठूला कार्यक्रम सञ्चालन नगर्नसमेत आग्रह गरेको छ । चीनले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button