बुधबारदेखि देशका अधिकाशं ठाउँमा वर्षा हुने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
बुधबारदेखि देशका अधिकाशं ठाउँमा वर्षा हुने मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार महाशाखाले विशेष बुलेटिन जारीगर्दै बुधबार बेलुकी नेपाल प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही स्थानमा पानी पर्ने जानकारी दिएको छ । प्रणालीका कारण बिहीबार काठमाण्डौसहित मध्य र पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा भारी हिमपातको सम्भावना रहेको मौसमविद्हरुको भनाई रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको र
यो प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने भएकाले शुक्रबारसमेत वर्षा र हिमपातको संभावना रहेकोले सतर्क रहन मौसमविद्हरुले सुझाव दिएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button