जेष्ठ नागरिकको जीवनयापनमा समस्या देखिएमा आवश्यक रकम सन्तानबाट लिई स्थानीय तहले उनिहरुकोे हेरचाहका लागि व्यवस्था गराउन सक्ने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रतिनिधिसभाबाट जेष्ठ नागरिक सम्बन्धि (पहिलो संशोधन) विधेयक २०७६ सर्वसम्मतिमा पारित गरीएको छ । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समिति बैठकले उक्त विधेयक पारित गरेको हो । समिति सभापति निरुदेवी पालले लामो सयमसम्म छलफल गरेर विधेयक पारित गरिएको बताइन्। विधेयकमा
अनिवार्य १० प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान हटाइएपनि जेष्ठ नागरिकको जीवनयापनमा समस्या देखिएमा आवश्यक रकम सन्तानबाट लिई स्थानीय तहले उनिहरुकोे हेरचाहका लागि उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ ।
स्थानीय तहले निर्णय गर्नुभन्दा पहिले जेष्ठ नागरिकको जीवनयापनमा तत्काल केही गर्न आवश्यक देखिएमा वडाध्यक्षले नै अन्तरिम रुपमा उनिहरुका सन्तानलाई सम्बन्धित जेष्ठ नागरिकको खातामा निश्चित रकम जम्मा गर्न लगाउन सक्ने व्यवस्था समेत समेटिएको छ ।
विधेयकमा जेष्ठ नागरिकहरुको सीप तथा ज्ञान हस्तान्तरणका लागि स्थानीय तहहरुमा ज्ञान सीप केन्द्रको स्थापना गरिने उल्लेख गरिएको छ । जेष्ठ नागरिकको हकवालाको आर्थिक आम्दानी वा हैसियत अनुसार निश्चित रकम मासिक रुपमा जेष्ठ नागरिकहरुको खातामा जम्मा गराउन सक्ने प्रावधान विधेयकमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button