वर्षा र हिमपात रोकिएपनी, हुस्सु र कुहिरो लाग्ने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
बिगत केही दिनदेखि जारी वर्षा र हिमपात आज बाट रोकिने भएको छ । काठमाडौं उपत्यकामा अहिले आंशिक बदली रहेपनी बिस्तारै मौसम खुल्दै जाने मौसमविद्हरुको अनुमान छ।
तर अब तराई तथा पहाडी भेगमा बिहान हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ ।


मौमस बदली गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेकाले अब देशका कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानाएको छ ।
महाशाखाका अनुसार आज र भोली हिमपातको सम्भावना छैन,’ ‘तर उच्च हिमाली भेगमा अझै अलिअलि बादल भएकाले कतै छिटफुट हिमपात हुन सक्छ।’
वर्षाको पानीले जमिन भिजेकाले त्यसबाट जलवाष्प उत्पन्न भई हुस्सुरकुहिरो लाग्ने उनको भनाइ छ।
जसका कारण केही दिनदेखि हुस्सुरकुहिरोबाट मुक्ति पाएका तराईवासीले फेरि बिहान बिहान कठ्यांग्रिँदो जाडोको सामना गर्नुपर्ने भएको छ। न्यून चापीय प्रणाली सक्रिय भई आकाशमा बादल लाग्दा केही दिनयता तराईमा हुस्सु र कुहिरो लाग्न छाडेको थियो।
‘अब फेरि बिहान ठण्डी बढ्न सक्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button