आइतबारदेखि देशभरकै माैसममा सुधार आउने



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पहाडी क्षेत्रमा शनिबार दिउँसो हल्का पानी परे पनि अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदहरुको भनाईछ ।् तराईमा पनि मौसम खुल्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु कमजोर हुँदै गएकाले ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै गएकोे छ ।
आइतबारबाट देशभरकै मौसममा क्रमशः सुधार आउने मध्य र पूर्वका उच्च हिमाली क्षेत्रमा भने अहिले पनि हल्का हिमपात भैरहेको र अरु क्षेत्रमा हिमपात रोकिएको छ ।
फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्णरुपमा भने नखुल्ने महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button