बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाका बैठक सूचना प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ । बैठक बस्न नसकेपछी नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्ने उपसभामुखले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७५ साल पुस २७ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण गरीएकोे व्यहोरा मा. सदस्यहरुको जानकरीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’


प्रकाशित सूचनामा भनिएको छ, ‘मिति २०७६ पुस १६ गते बुधबार
यसअघि पुस ११ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो । ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडि बढाउने कार्यसूची तय गरे पनि बैठक स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button