साढे ११ बजेसम्म रहने खण्डग्रास सूर्यग्रहण सुरु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । नेपालमा अहिले बिहान ८ः४२ मा सुरु भएको ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ । बिहान ११ः३१ मा गहण सकिने छ । ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देख्न सकिन्छ ।


सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेटको हुनेछ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त हुनेछ । यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो ।
ग्रहणलाई खुला आँखाले भने हेर्न नहुने खगोलविद् तथा ज्योतिष शास्त्रीहरुले बताएका छन् । दूरबिन आदिको प्रयोगबाट भने ग्रहण हेर्न सकिन्छ ।
सूर्य वा चन्द्रमाको पूरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button