पश्चिमी वायुको प्रभावले देशभरको मौसममा सामान्यदेखि पूर्णबदली



प्रदेश संबाददाता
कार्तिक ३
पश्चिमी वायुको प्रभावले देशभरको मौसममा सामान्यदेखि पूर्णबदली भएकाले देशका केही ठाउँमा मौषम बदलीभई हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली भई मध्य र पूर्वका थोरै ठाउँमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै आज देशका धेरै स्थानमा घाम लाग्ने सम्भावना कम रहेको र घाम लागे पनि थोरै समयका लागि मात्र देखिने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । घाम नलाग्दा अधिकतम् तापक्रममा गिरावट आई चिसो बढ्ने उनको भनाई छ ।
नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेकोले न्यूनतम् तापक्रम घट्ने क्रममा रहेको उनले जानकारी गराए । अरब सागरबाट नेपाल बहने पश्चिमी जलवायुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button