नेपाल टेलिकमले ल्यायो एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक



असोज १,


काठमाण्डौ
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।
यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीबीका दरले जम्मा ३ जीबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button