मध्य रातमा खसेको पहिरोमा पुरिएर एकै परिवारका तिनको ज्यान गयो एक घाइते

जाजरकोटमा शनिवार मध्य रातमा खसेको पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको ज्यान गएको छ। एक घाइते भएका छन्।
जाजरकोटको भेरी नगरपालिका २ दलबहादुर वलीको घरमाथिको ढिस्को मध्य रातमा खस्दा पुरिएर जाजरकोटको भेरी नगरपालिका २ तिमिलेमा घर भएका तीनजनाको मृत्यु भएको हो।
दलबहादुर घरबाहिरको कोठामा सुतिरहेकाले भागेर ज्यान जोगाउन सफल भएपनी उनकी श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरू ९ वर्षीया मोतीकला र ३ वर्षीया धनसरालाई उनले जोगाउन सकेनन। पहिरोले दलबहादुर घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ।