आज प्रदेश नं -२ मा बलिदानी दिवस मनाइदै



मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा आज प्रदेश नं -२ मा बलिदानी दिवस मनाइँदैछ ।


मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गते प्रदेश नं २ मा बलिदानी दिवस मनाइन्छ ।

बलिदानी दिवस विगतका वर्षहरूमा सिरहाको लहानस्थित मधेश आन्दोलनका क्रममा प्रथम सहिद भएका रमेश महतोको स्मरणमा मनाउँदै आएको छ । तर, यसवर्ष प्रदेश २ को विभिन्न ठाउँमा मनाउने छ ।

२०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रीत दलहरूले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् ।

दिवसका अवसरमा आज प्रदेश-२ सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button