दिलिप हत्याकाे एक वर्ष पुरा परिवारले पाएन , न्याय

अवैध उत्खननको विरोधमा उत्रिदा पाैष २५ गते अर्थात आज भन्दा ठिक एक वर्ष अघि मारिएका पर्यावरण संरक्षण अभियन्ता धनुषाका मिथिला नगरपालिका श्रीपुरका ओमप्रकाश भन्ने २४ वर्षीय दिलिप महतोको हत्या भएको वर्षदिन बितेकाे छ ।
गत वर्ष आजकै दिन घर नजिकै औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा टिपरले किचेर उनकाे विभत्स हत्या गरिएको थियो।
उनको सम्झनामा आज दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानले मिथिला नगरपालिका स्थित ढल्केवरमा र्याली तथा कोणसभा आयोजना गरेकाे छ ।
दिलीप हत्यामा संलग्न आरोपमा धनुषा जिल्ला अदालतको आदेशमा क्रसर सञ्चालक विपीन महतोसहित ३ जना पुर्पक्षका लागि अहिले जेलमा छन् भने अन्य चार जना धरौटी बुझाएर साधारण तारेखमा रिहा भएका छन्।
पुर्पक्षका लागि जेलमा रहेका तथा पक्राउ परेर पनि साधारण तारेखमा छुटेका अभियुक्तहरुलाई पनि छुट्कारा दिन रकमको चलखेल भइरहेको सुन्दा न्याय नपाउने हो कि भन्ने चिन्तामा छ अहिले परिवार
हत्या भएको वर्ष दिन बितिसक्दा पनि अझै न्याय पाउन नसकिएको दिलीपको परिवारकाे गुनासो छ । निष्पक्ष छानबिन नभएकाले हत्यामा संलग्न अन्य अपराधी कारबाहीको दायरामा नआएको परिवारकाे बुझाइ छ ।