मिलको फित्तामा बेरिएर सप्तरीमा एक किशाेरीकाे मृत्यू




सप्तरीमा मिलको फित्तामा बेरिएर एक किशाेरीकाे मृत्यू भएको छ । मृत्यू हुनेमा जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ कि १७ वर्षीया नेमियाकुमारी पण्डित रहेकी छिन् ।


आफैँले कुटानीपिसानीको मिल चलाउँदै गर्दा फित्तामा कपाल बेरिएर पण्डितको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए ।

उक्त घटनालाई नजिकबाट हेरिरहेका एक जना ट्रयाक्टर चालकले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतक किशोरीको शव अहिले पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button