महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटनामा पाँचेको मृत्यु, एक युवक गम्भीर घाइते




महोत्तरीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको घटनास्थलमै मृत्यू भएको छ, भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।


जिल्लाको माईस्थान–गौशाला सडक खण्ड अन्तर्गत सुर्तिविकास चोकमा रहेको स्मारकमा बुधबार राति १० बजे तिर मोटरसाईकल ठोक्किदा गौशाला नगरपालिका वडा नं. ८ का अन्दाजी १९ वर्षिय अमर पाँचेको मृत्यु भएको छ ।

घटनामा सोही स्थानका १७ वर्षिय युवराज बलम्पाकी गम्भिर घाईते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि जनकपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय महोत्तरीले जनाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button