नम्बर नखुलेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु




मेरो प्रदेश टिभी संवाददाता
बर्दिबास , महोत्तरी

मोटरसाइकल दुर्घटनामा परेर धनुषाको बडहरीमा चालकको मृत्यू भएको छ । सोमबार राति करिब १० बजे मिथिला नगरपालिका–९ बडहरीमा नम्बर नखुल्ोको गाडीको ठक्करबाट गम्भीर घाइते भएका वडा नम्बर–६ का ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु छ ।

ढल्केवारबाट बर्दिवास तर्फ आउदै गरेको ज ७ प ५९८६ नम्बरको मोटरसाइकलमा सवार साहलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो ।

मृतक साहलाई ठक्कर दिने गाडी चालक फरार भएका छन् । ठक्कर दिने गाडीलाई प्रहरीले पक्राउ नगरेको भन्दै ढल्केवरका व्यापारी तथा स्थानीयबासीहरुले आज बिहान १ घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए ।

राजमार्ग अवरुद्ध ठक्कर दिने सवारीलाई खोजीकार्य तिव्र पारेकोले छिट्टै पक्राउ पर्ने प्रतिबद्धता जनाएपछि सडक सुचारु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button