छिमेकीको चक्कु प्रहार गरी रौतहटमा एक युवकको हत्या




बर्दिबास , महोत्तरी
मेरो प्रदेश टिभी संवाददाता
छिमेकीले चक्कु प्रहार गरी रौतहटमा एक युवकको हत्या गरेका छन् । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामलाई उनका आफ्नै छिमेकी १९ वर्षीय रवि रामले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते नन्दकिशोरको एपोलो अस्पताल चन्द्रपुरमा उपचारकै क्रममा गएराति मृत्यु भएको छ ।


सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै केहीबेर भनाभन भएको थियो ।

झै झगडा शान्त भइसके पनि केही भान्छाको चक्कु लगेर रविले नन्दकिशोरको पेटमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । प्रहरीले गए राति नै चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएको थियो । यता घटनास्थलबाट चक्कु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button