बिहिबार पनि प्रदर्शन हुन सक्ने , मृतक सञ्जय न्याैपानेकाे शव ल्याउने तयारी



महोत्तरीको बर्दिबास १४ शुभम् बस्तिकी ६ वर्षीया बालिका बलात्कार पछि भएको हत्या भएकाे विराेधमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाइ लक्षित गरी प्रहरीले चलाएकाे गोली लागेर गम्भीर घाइते भएका सञ्जय न्याैपानेकाे उपचारकै क्रममा निधन भएपछि यहाँका बिहिबार पनि प्रदर्शनकाे तयारी गरिएकाे छ ।


जिल्ला प्रसाशन कार्यलय र प्रदर्शनकारी बिच बुधबार साँझ चार बुँदे सहमति भएपनि बिहिबार प्रदर्शन हुन सक्ने एक प्रदर्शनकारीले जानकारी दिएका छन् ।

प्रदर्शनकारीका अनुसार अाज सञ्जय न्याैपानेकाे शव बर्दिबास ल्याउने तयारी भइरहेकाेले पनि केही प्रदर्शन हुन सक्ने जानकारी दिएका हुन् । तथापि अाज मंगलबार र बुधबार जस्ताे प्रदर्शन नहुने उनीहरूले बताएका छन् ।

अहिले बर्दिबासकाे पूर्व पश्चिम राजमार्गमा सवारी साधनहरू निर्वाध रूपमा चलिरहेकाे छ , भने बर्दिबास चाेकका केही पसलहरू खुलेका छन् । यहाँ अहिले प्रदर्शनकारी र प्रहरीहरू तैनाथ अवस्थामा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button