चार बुँदे सहमति भएपनि आन्दोलन नहुने भन्ने विषयमा अझै अन्योलता कायमै



बर्दिबासमा आन्दोलनरत्त पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ । बर्दिबास १४ शुभम बस्तिकी ६ वर्षीय बालिका गुलाब साह खातुनको हत्या तथा बालत्कार र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको न्याय माग गर्दै भइरहेको प्रदर्शन साम्य पार्न दुबै पक्षबीच बुधबार साँझ चार बुँदे सहमति भएको छ ।


यस्ता थिए चार बुँदे सहमति
प्रहरीको गोली लागेर मृत्यु भएका संजयलाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिने, दुबै घटनाको छाविन गरी दोषीमाथि कारबाही गर्ने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा सहमति भएको थियो ।

दुबै पक्षबिच भएको समतिलाई कार्यान्वयन गर्न गृहमन्त्रालय मार्फत आग्रह गरिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए ।

आजदेखि आन्दोलनलाई साम्य पार्दै अवस्था सहज बनाउने दुबै पक्षबिच छलफल समेत भएको छ ।
यता शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलनमा प्रहरीले गोली चलाउदा गोली लागेर संजय न्यापानेको निधन भएपछि जनस्तर झन उग्र भएका छन् । चार बुँदे सहमति भएपनि आन्दोलन हुने या नहुने भन्ने विषयमा अझै अन्योलता कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button