बर्दिबासमा निषेधाज्ञा जारी



बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै स्थानीय सुरु गरेको प्रदर्शनमा प्रहरीले चलाएको गाेली लागि बर्दिबास–१ का संजय भनिने बुद्धिराज न्यौपाने को उपचारकै मंगलबार राति १ बजे मृत्यु भएपछि बर्दिबासकाे अवस्था थप तनावग्रस्त भएकाे छ ।


बर्दिबासमा पुन: आन्दाेलन हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको छ ।

महोत्तरीका सिडिओ कृष्णबहादुर कटुवालका अनुसार थप जनधनको क्षति हुनबाट रोक्नको लागि निषेधाज्ञा जारी गरिएकाे बताए । अहिले बर्दिबासमा ठूलाे मात्रमा प्रहरी परिचालन गरिएकाे छ ।

यता बर्दिबासका स्थानीयले बुधबार बिहानै देखि चाेकमा टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । यहाँका बजार पूर्णरुपमा बन्द गरिएको छ । प्रदर्शनकारीहरु अहिले मृतक संजयकाे घर अगाडि भेला भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button