बर्दिबासमा प्रहरीको गोली लागेर गम्भीर घाइते संजयको निधन



बर्दिबासमा प्रहरीको गोलि लागेर गम्भीर घाइते भएका संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौं स्थित ग्राण्डी हस्पिटलमा मंलबार राति १ बजे मृत्यु भएको हो ।


बर्दिबासकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कार तथा हत्या विरुद्ध मंगलबार दिउँसो बर्दिबासचोकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेको बेला प्रहरीले गोलि लागेर उनी गम्भीर घाइते भएका थिए । बर्दिबासकै पिनाकल अस्पतालमा उपचाररत २५ वर्षीय

न्यौपानेलाई मंलबार अपराहन्न थप उपचारकोलागि हेलिकप्टरबाट  रेफर गरिएकाे थियो ।

गोलि लागेर घाइते भएका अन्य दुई जना मध्ये श्याम कार्कीको पनि काठमाडौंमा उपचार भइरहेको छ भने गोलिको छर्रा लागेका पिडित बालिकाकी अाफ्न्त अफताब आलमको बर्दिबास शुभ स्वतिक अस्पतालमा उपचार भइरहेको छ ।

गोलि लागेका संजय न्यौपानेको मृत्यु भएपछि बर्दिबासमा थप तनाब उत्पन्न हुने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button