आज मौसम



मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्‍चिम  क्षेत्रका उच्च हिमाली भेगमा पश्‍चिमी वायुको प्रभाव देखिएको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकारकाे छ ।

दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button