महोत्तरीको औरही बजारमा बिजुली सट भइ आगलागी हुँदा, लाखौंको क्षति



महोत्तरीको औरही बजारकाे दुई तले हार्डवेयर पसलमा बिजुली सट भइ आगलागी हुँदा लाखाैकाे क्षति पुगेकाे छ । गएराति ८ बजे तिर औरही नगरपालिका १ स्थित औरही बजारमा महेश्वर रौनियारको अम्बिका जेनरल स्टोरमा आगलागी भएको हो ।


हार्डवेयर सञ्चालक रौनियारको अनुसार आगलागीबाट करिब १ करोड ५० लाखकाे क्षति पुगेकाे बताए । यद्यपी प्रहरीले यसबारे अनुसान्धान गरिरहेकाे छ । आगलागीका कारण भान्सा ठोका भित्रको ग्यास सिलिन्डरसमेत विस्फोट भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button