तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आजबाट सर्वसाधारणका लागि खुला



स्वर्गीय राजा वीरेन्द्रबिरविक्रम शाहको  निजी निवास ‘श्री सदन’ आज आइतबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिने भएकाे छ ।


मुलुकमा राजतन्त्र फालेर गणतन्त्र ल्पयाछि नारायणहिटी संग्रहालयका रुपमा सर्वसाधारणका लागि खुला गरिए पनि श्री सदन मा भने  सर्वसाधारणका लागी प्रवेशमा राेक लगाइएकाे थियाे ।

हिजाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक घोषणा गरेका थिए । साेही घाेषणा अनुरूप आजबाट सर्वसाधारणले श्री सदन अवलोकन गर्न पाउने भएका हुन् ।  

यसैगरी आजबाट श्री सदनसँगै आम नागरिकका लागि गणतन्त्र स्मारक समेत अवलोकनका लागि खुल्ला गरिने भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button