आज दिनभर कहाँको मौसम



देशको पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसबाहेक अन्य भूभागकाे मौसम भने सामान्यतया सफा रहने महाशाखाकाे अनुमान छ ।


शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

अहिले बिहान देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको र अन्य भूभागमा बिहानको मौसम पनि सामान्यता सफा रहेको महाशाखाले जनाएको छ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button