बैतडी दुर्घटनामा ९ जनाको मृत्यु



बैतडीको खोड्पे नजिकै एक यात्रुबाहक बस दुर्घटना हुँदा अहिले सम्म ९ जनाको मृत्यु भएको छ ।


दुर्घटनामा परी अन्य ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुला जिल्लाको सीमा क्षेत्रमा पर्ने गन्नादेखि महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस गएराति करिब साढे ९ बजे खोड्पेको भीरबाट खसेको थियाे ।

दुर्घटनामा परेर घाइते ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य ३४ जनाकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button