महाेत्तरीबाट पटाका लगाएका विष्फाेटक पदार्थ बरामद



महाेत्तरीबाट पटाका लगाएका विष्फाेटक पदार्थ बुधबार प्रहरीले बरामद गरिएकाे छ । जिल्लाकाे सोनमा गा. पा. -३ खकना स्थित भारतबाट लुकाई छिपाई अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका लगाएका विष्फाेटक पदार्थ प्रहरी चौकि रघुनाथपुर बाट गस्तीमा खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिइएकाे हाे ।


रघुनाथपुर प्रहरीका अनुसार १५ हजार मूल्य बराबरकाे ठुलो रकेट बम ५ प्याकेट ,सानो रकेट बम ६ प्याकेट  ,मिनिबुलेट १० प्याकेट , आलु बम ४ प्याकेट , चक्र ५ प्याकेट  ,झुरझुरि १५ प्याकेट  ,फुलझरि बम ५ प्याकेट  र सानो चक्र ५ प्याकेट बरामद गरिएकाे जनाइएकाे छ । 

पटका ल्याउने अभियुक्त भने फरार रहेका छन् । उनीहरूकाे खाेजी कार्य भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button