बर्दिबासका नौ छात्रछात्रालाई छात्रवृति प्रदान

गोपाल बराल /बर्दिबास (महोत्तरी)
महोत्तरी जिल्लाको बर्दिवास नगरक्षेत्रका नौ जना छात्रछात्राले प्राविधिक शिक्षाका लागि पूणर् छात्रवृति पाएका छन् । बर्दिबास नगरक्षेत्रकै स्थायी बासी र आफ्नै नगरक्षेत्रका प्राविधिक शिक्षालयमा पढ्न पाउने गरी नौ जना छात्रछात्रालाई पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानले आज बुधबार एक समारोहबीच बिद्यालयमा लाग्ने शुल्कवापतको रकम चेकमार्फत प्रदान गरेको हो ।

छात्रवृति पाउनेमा सिभिल इञ्जिनियरिङ्ग विषयका दुई जना र फार्मेशी, बालीविज्ञान, फरेष्ट्री, अटोमोवाइल, होटल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान र विज्ञानको पढाइ गर्ने परेका छन् । छात्रवृति पाउने छात्रछात्राको बर्दिबास नगरक्षेत्रभित्र नै प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (ऋत्भ्ख्त्) बाट सम्बन्धनप्राप्त निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमारा, जनता माध्यमिक बिद्यालय बर्दिबास-२, जनहित नन्दलाल माध्यमिक विद्यालय चौलिखा किसाननगर र जनता माध्यमिक विद्यालय बर्दिबास-३ गौरीडाँडामा नामाङ्कन हुने गरी रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

बर्दिवास-१ मुख्यचोकस्थित होटल विनायकका सञ्चालक बिष्णु खड्काले आफ्ना दिवङ्गत मातापिता पद्मकुमारी तथा शमशेरबहादुर खड्काको स्मृतिमा स्थापना गर्नुभएको पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानले प्राविधिक धारको शिक्षा लिन चाहने शैक्षिक, सामाजिक तथा साँस्कृतिक बहिष्करणमा परेका र गरिब परिवारका १५ जना छात्रछात्रालाई शिक्षालय शुल्क सम्पूणर् ब्यहोर्ने गरी बर्सेनी छात्रवृति प्रदान गर्ने घोषणा गरेअनुसार यसपाली पहिलो पटक नौ जना छनौटमा परेका हुन् ।

छनौटमा परेका मध्ये पाँच छात्रा र चार छात्र छन् । यीमध्ये चार खस आर्य (बाहुन, क्षत्री र सन्यासी), तीन दलित (कामी र सार्की ) र दुई जनजाति (मगर र नेवार) समुदायका छानिएका प्रतिष्ठानका संस्थापक बिष्णु खड्काले जानकारी दिनुभयो । छात्रवृतिका लागि खुला आवेदन आह्वान गरिदा तोकिएको समय सीमाभित्र दत्र्ता भएका ३८ मध्ये विज्ञ समितिले छनौट गरेअनुसार यसपटक नौ जनामात्र सिफारिस हुन सकेका प्रतिष्ठानले जनाएको छ ।

इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख , बर्दिबास नगर कार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख, सामुदायिकतर्फका माध्यमिक विद्यालयका प्रधानाध्यापक र बर्दिबास नगर पत्रकार सञ्जालका प्रतिनिधि सम्मिलित छनौट समितिको सिफारिसअनुसार विद्यार्थी छनौट गरिएको प्रतिष्ठानका संस्थापक खड्काले जानकारी दिनु भएको छ । पहिलो वर्ष जिल्लाको बर्दिबास नगरक्षेत्रलाई मात्र समेटिएको यो कार्यक्रममा आउने वर्षहरुमा क्रमशः क्षेत्र बिस्तार गरिदै लगिने प्रतिष्ठानले जनाएको छ ।
छात्रवृति पाएपछि आफूहरुको प्राविधिक शिक्षा लिने चाहना पुरा भएको र अब लगनसाथ अध्ययनमा केन्द्रित हुने नौ जना छात्रछात्राले नै सामुहिक सङ्कल्प गरेका छन् ।