अवैध लागूऔषध सहित गाैशलाबाट पासवान पक्राउ




महोत्तरीबाट आइतबार अवैध लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सम्सी न.पा. ७ बस्ने २८ वर्षीय तपेश्वर पासवान रहेका छन् ।

जिल्लाको गौशाला न. पा. ५ स्थित गौशाला देखि जिरोमाईल तर्फ पैदल आउदै गरेकाे अवस्थामा चेकजाँच गर्दा उनको साथबाट नाइट्रोभेट १० लेखेको १ पत्तामा १५ पिस , नाइट्राेसम १० लेखेको २ पत्तामा २० पिस, डाइलेक्स डिसी १०० एम.एल काे २७ बाेतल,इक्सपाेलन १०० एम.एल काे २ बाेतल बरामद गरिएकाे छ ।

पक्राउ परेका पासवानलाइ हिजै महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ९ दिन म्याद थप गरी अनुसन्धान भईरहेको ।

त्यसैगरी
जिल्लाकाे औरही न.पा. २ स्थित लुकाई छिपाई भारतबाट भंसार छलेर ल्याउदै गरेको १ सय ५० किलाे चिनी प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार प्रदेश २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकि औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीले ३ वटा बाेरामा ९ हजार मूल्य बराबरकाे १५० किलाे चिनी बरामद गरेकाे छ ।

नियन्त्रणमा लिइएको सामान आवश्यक कारवाहीको लागी जलेश्वर भंसार कार्यालय मलिवारा पठाउने तयारी भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button