नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक




नेपालमा कोरोना संक्रमितको संख्या झण्डै २ लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । त्यसमध्ये हिजो सम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ ।

गत २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् । अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेका छन् ।

यसैविच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button