धरानमा दुइ काेराेना संक्रमित महिलाकाे मृत्यू



सुनसरीको धरान उपमहानगरपालिकामा उपचाररत कोभिड संक्रमित दुई जना महिलाको मृत्यु भएको छ। मृत्यू हुनेमा धरान–९ की ६७ वर्षीया र वडा नम्बर १६ की ८१ वर्षीया कोरोना संक्रमित महिला रहेका छन् ।


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया महिला दीर्घ रोगी थिइन् ।

गत कात्तिक १८ गते अस्पताल भर्ना भएकी उनमा १९ गते कोरोना पुष्टि भएको थियाे । उनको हिजाे साँझ ६ बजे मृत्यु भएको हो।

त्यसैगरी, कोभिड अस्पतालमा उपचाररत ८१ वर्षीया महिला उच्च रक्तचापकाे बिरामी थिइन् ।

गत कात्तिक १९ गते कोरोना पुष्टि भएपछि उनी २० गते कोभिड अस्पतालमा भर्ना भएकी थिइन्। उनकाे पनि हिजाे साँझ मृत्यू भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button