कवाडी गोदाममा आगलागी हुंदा करिब २५ लाखको क्षति



सिरहाको लहान नगरपालिका-३ स्थित एक कवाडी गोदाममा हिजाे आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको छ।


रामनारायण महतो र साबिर मियाँले संयुक्तरूपमा सञ्चालन गरेको उक्त गोदाममा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए।

लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button